सुदूरपश्चिमको समृद्धिका लागि ‘पढाइ, कमाइ र दवाइ’ अभियान सुरु गर्छौँ- मुख्यमन्त्री रावल

१० माघ २०७९, मङ्गलवार

धनगढी, १० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान सुरु गर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावलले सुदूरपश्चिमकोे समृद्धिका लागि पढाइ, कमाइ र दवाइका साथै पानी, खानी र जवानीलाई बाहिर ल्याउने अभियान सुरु गरिने बताए।

विभिन्न प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको बताउँदै उनले केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरे ।

व्यक्तिगत पद र स्वार्थका लागि आफूले राजनीति नगरेको बताउँदै उनले अबको पाँच वर्षको कार्यकाल प्रदेशका जनताको हितमा लगाउने पनि उनले बताए ।

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै उनले काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने स्षप्ट पारे ।

Share This:
No News Were Available