भारतबाट आएका २ जनामा कोरोना संक्रमण

  बुधबार ०४, पुष २०८० १७:५२

धनगढी । कैलालीको धनगढीस्थित त्रिनगर(गौरीफन्टा भन्सार नाकामा भारतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भारतको बेंग्लोर र चेन्नईबाट आएका दुई जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

हिजो (मंगलबार) २० जनाको एन्टिजेन परीक्षण गर्दा भारत बेंग्लोरबाट आएकी कञ्चनपुर पुनर्बास नगरपालिका ५ की २२ वर्षीया महिलामा संक्रमण देखिएको देखिएको थियो ।

त्यस्तै आज (बुधबार) ५५ जनाको एन्टिजेन परीक्षण गर्दा भारतको चेन्नईबाट आएका धनगढी उपमहानगरपालिका ११ का ५५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको सीमा नाकास्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन जयराज ढुंगानाले जानकारी दिए ।

दुवैजनामा देखिएको संक्रमण कुन भेरियन्ट हो भन्ने थप जाँचका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । संक्रमण देखिन छाडेपछि गत साउनयता एन्टिजेन परीक्षण बन्द गरिएको थियो ।

छिमेकी मुलुक भारतमा संक्रमण देखिएपछि मंगलबारबाट यो नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण पुनः सुरु गरिएको हो ।

भारतमा संक्रमण देखिए पनि नाकामा आउजाउ गर्नेहरूले खासै सावधानी अपनाएका छैनन् । अहिले पनि विनामास्क मानिसहरू आउजाउ गरिरहेकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।

clock बुधबार ०४, पुष २०८० १७:५२

प्रतिक्रिया