सुदूरपश्चिम महोत्सवमा रवि ओड र एन्जीला रेग्मीको प्रस्तुति रहने

  सोमबार ०२, पुष २०८० ०६:०८

धनगढी। सुदूरपश्चिम महोत्सवमा आज आईतबार पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज रवि ओड र एन्जीला रेग्मी आउने महोत्सव संयोजक मिलन कुँवरले बताए।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संयोजक कुँवरले जानकारी दिए। मङ्सिर २२ गते बाट सुरु भएको महोत्सव पुस ५ गतेसम्म चल्ने छ।

महोत्सब सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै ३ दीन थप गरी पुस ५ गते सम्म संचालन हुने जानकारी गराईएको छ ।

यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।

clock सोमबार ०२, पुष २०८० ०६:०८

प्रतिक्रिया