कैलालीको गेटामा टिडी बंगलामुखी रबर उद्योग सञ्चालन

  मङ्गलबार २६, मङि्सर २०८० ०९:१९

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा टिडी बंगलामुखी रबर बेण्ड उद्योग सञ्चालनमा आएको छ। आइतवारदेखि सकुन्तला कुँवर र शिला देवी पालको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आएको जनाइएको छ।

 रबर उद्योगको औपचारिक उद्घाटन उनकी आमा समाजसेवी महेश्वरी देवी कठायतले रिबन काटेर समुद्घाटन गरेकी थिइन। १२ लाख बढीको लगानीमा स्थापित उद्योगले पाँच जना महिलालाई रोजगार बनाएको जनाइएको छ। 

सञ्चालक सकुन्तला कुँवरले आगामी दिनहरुमा ब्यापार बढ्दै गए थप रोजगार सृजना गर्दै जाने बताइन्।

महिला दिदि बहिनिहरुले कपालमा बाँध्ने रबर बलियो, सस्तो र सबै प्रकारका रबर उत्पादन गर्ने सञ्चालक कुँवरले बताईन्।

धनगढी र अत्तरिया बजारलाई मध्यनजर गरेर सो व्यवसाय सञ्चालनमा ल्याएको उनले बताइन्।

clock मङ्गलबार २६, मङि्सर २०८० ०९:१९

प्रतिक्रिया