नवजीवन अस्पतालमा गौरीगंगाका व्यावसायीहरुले सहुलियत पाउने

  बुधबार ०६, मङि्सर २०८० १३:५०

धनगढी । गौरीगंगा नगरपालिकाका व्यावसायीहरुले नवजीवन अस्पताल प्रा.लि. धनगढीमा उपचार गराउदा सहुलियत पाउने भएका छन् 

वाणिज्य संघ र अस्पताल बिच बिरामीले उपचार सेवा लिदा ओपीडी, शल्यक्रिया, बेड ल्याब, एक्सरे र आई.सि.यु. एन.आई.सि.यु. मा सहुलियतपूर्ण १० देखि ५० प्रतिशत छुट पाउने सहमति भएको छ । 

सहमति पत्रमा नवजीवन अस्पताल प्रा.लि. का तर्फबाट सि.ई.ओ. चक्र खडायत,  मेडिकल निर्देशक डा. विदुरमणी ढकाल र गौरीगंगा उद्योग वाणिज्य संघको तर्फबार अध्यक्ष खेमानन्द पौडेलले हस्ताक्षर गर्नुभएको छ । 

नगर उद्योग वाणिज्य संघमा आवद्ध व्यावसायीहरुले संघको प्रमाण पत्र पेश गरेर उपचारको क्रममा छुट सुविधा पाउनेछन् । 

clock बुधबार ०६, मङि्सर २०८० १३:५०

प्रतिक्रिया