राष्ट्रपतिले दुई जना बहिनीहरूबाट तिहारको टीका लगाउने

  बुधबार २९, कार्तिक २०८० ०७:३९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दाओझाको हातबाट तिहारको टीका लगाउने भएका छन् ।

राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा दुई जना बहिनीहरूका हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ ।
 
नेपालपञ्चांग निर्णायक समितिले यस वर्षको भाइ टीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट कालागि तय गरेको छ । तर दिनभर नै टीका लगाउन सकिने पञ्चांगनिर्णायक समितिले जनाएको छ । 

clock बुधबार २९, कार्तिक २०८० ०७:३९

प्रतिक्रिया