धनगढीका निजी स्रोतका शिक्षकहरू चार दिनदेखि धर्नामा

  शुक्रबार २४, कार्तिक २०८० १२:१७

धनगढी । धनगढी उपमहानगरपालिकाका निजी स्रोतका शिक्षकहरू चार दिनदेखि धर्नामा छन् । आन्तरिक सामान्य प्रक्रिया अपनाई सबै शिक्षकलाई व्यवस्थापन गरिनुपर्ने भन्दै सामुदायिक विद्यालय निजी स्रोतका शिक्षकहरू चार दिनदेखि आन्दोलित भएका हुन् । 

धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गर्दा निजी स्रोतका शिक्षकहरूको व्यवस्थापनमा ध्यान नदिएको उनीहरूको आरोप छ । उनीहरूले स्वच्छिक अवकासमा जान चाहने शिक्षकहरूलाई सुहाउँदो उपदानको व्यवस्था गरिनुपर्नेसमेत माग गरेका छन् । 

विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गर्दा निजी स्रोतका शिक्षकहरूको व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान नदिएकोले आफूहरू धर्नामा बसेको आन्दोलन परिचालन समितिका संयोजक हर्कदेव ढाँटले जानकारी दिए । 

लामो समय शिक्षामा योगदान पुर्‍याएका निजी स्रोतका शिक्षकहरूलाई शैक्षिक सत्रको बीचमा बेरोजगार बनाउने कार्य उपमहानगरपालिकाबाट भइरहेको उनको भनाइ छ । धनगढीमा निजी स्रोतमा एक सय २४ जना शिक्षकहरू कार्यरत छन् ।

clock शुक्रबार २४, कार्तिक २०८० १२:१७

प्रतिक्रिया