सोमबार पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  सोमबार २०, कार्तिक २०८० ०६:१०

धनगढी । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

आज (सोमबार) बिहानसम्म देशको पहाडी भू–भागमा  आंशिक बदली रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। 

clock सोमबार २०, कार्तिक २०८० ०६:१०

प्रतिक्रिया