काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिम जान निःशुल्क ४ वटा बसको व्यवस्था

  शनिबार १८, कार्तिक २०८० ११:३८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस निःशुल्क गरिएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतको आग्रहमा पूर्व अरनिको यातायतले २ वटा बस जाजरकोटका लागि र २ बस पश्चिम रुकुमका लागि निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ ।\

पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्यमन्त्री बस्नेतको आग्रहपछि समाजिक उत्तरदायित्वअन्तर्गत समितिले ४ वटा बस निःशुल्क उपलब्ध गराएको बताए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायतले आग्रह गरेको छ । जाजरकोट र पश्चिम रुकुममा हिजो राति आएको भूकम्पमा परेर अहिलेसम्म १३२ भन्दा बढीको मृत्यु भइसकेको छ । 

भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीको टिम पनि गएको छ । 

clock शनिबार १८, कार्तिक २०८० ११:३८

प्रतिक्रिया