तस्करीको लागि लुकाइएको चुरेबाट काठ बरामद

  सोमबार २९, मङि्सर २०८२ ०९:०८

धनगढी । तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ।

कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखेको अवस्थाबाट काठ बरामद गरिएको हो।

तस्करी गर्ने प्रयोजनले लुकाएर राखेको सालको २१० थान कडी र २३ थान फ्रेम गरी २३० घनफिट चिरान काठ बरामद गरिएको वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए।

उनले अभियुक्तलाई पनि चाँडै पक्राउ गरेर कारबाही गरिने बताए।

clock सोमबार २९, मङि्सर २०८२ ०९:०८

प्रतिक्रिया