जाजरकोट जिल्ला अस्पतालमा घाइतेको  घुइँचो, उद्धारका लागि एम्बुलेन्स अभाव

  शनिबार १८, कार्तिक २०८० ०६:४४

जाजरकोट । कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि   उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।

भूकम्पमा परी हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। यो उद्धार सुरु भएसँगै मृतक र घाइतेको संख्या पनि बढेको छ।

जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार  भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको बताए। उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।  

जिल्ला अस्पतालमा सयभन्दा धेरै घाइतेहरु पुगिसकेको उनले बताए। ‘घाइतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भइरहेको छ,’ उनले भने।

clock शनिबार १८, कार्तिक २०८० ०६:४४

प्रतिक्रिया