एमाले सङ्गठन विस्तार गर्न मध्यपहाडी यात्रामा, बैतडी जाँदै रिमाल

  बिहिबार १६, कार्तिक २०८० १५:२२

धनगढी । नेकपा एमाले संगठन विस्तारका लागि मध्यपहाडी यात्रामा निस्किएको छ। दुई जना उपमहासचिवको टोली मध्यपहाडी यात्रामा गएको हो। 

नेकपा एमाले, सुदूरपश्चिमका अनुसार पूर्वतर्फ उपमहासचिव प्रदिप ज्ञवाली र पश्चिमतर्फ अर्का उपमहासचिप विष्णु रिमालको नेतृत्वमा टोली खटाइएको हो।

एमाले केन्द्रीय कार्यालयका अनुसार उपमहासचिव प्रदिप ज्ञावालीको टोली हिजो साँझै विराटनगर पुगेको छ भने अर्का उपमहासचिव रिमालको टोली सुदूरपश्चिमका पहाडी जिल्ला प्रवेश गरेको छ। 

उपमहासचिवसँगै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष एवं बैतडीबाट प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्द, सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल लगायतका नेताहरु पहाडी जिल्ला बैतडी तिर लागेका हुन्। उनीहरुले धनगढी हुँदै बैतडी र अन्य विभिन्न जिल्लाहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

एमालेले मध्यपहाडमा आफ्नो शक्ति प्रदर्शन मंसिर १० पछि गर्ने जनाइएको छ। उक्त मिति भने अब बस्ने सचिवालय बैठकले तय गर्नेछ।

clock बिहिबार १६, कार्तिक २०८० १५:२२

प्रतिक्रिया