बनकट्टा आधारभूत स्वास्थ्य केन्द्रलाई प्रयोगशाला सामाग्री हस्तान्तरण

  मङ्गलबार १४, कार्तिक २०८० ०९:३५

धनगढी । बनकट्टा आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनमा आउने भएको छ । मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले ल्याब सञ्चालनका लागि आवश्यक पर्ने सामाग्री सहयोग गरेपछि ल्याब सञ्चालनमा आउने भएको हो । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीलाई ल्याब सञ्चालनका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । 

स्वास्थ्य केन्द्रलाइ मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले माक्रोस्कोप लगायतका सामाग्री र आवश्यक केमिकल उपलब्ध गराएको छ भने सञ्चालनका लागि जनशक्ति भने गाउँपालिकाले उपलब्ध गराउनु पर्ने छ । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रका काम गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आएको छ । 

No description available.

 

clock मङ्गलबार १४, कार्तिक २०८० ०९:३५

प्रतिक्रिया