ग्यास्ट्रिकको समस्या भएकाले दशैंमा ध्यान दिनु पर्ने कुरा

  सोमबार ०६, कार्तिक २०८० ०६:५०

एजेन्सी । हामीले खाएको खाना गएर जम्मा हुने थैलोलाई आमाशय भनिन्छ । क्रमशः यो खाना आन्द्रातिर जाने गर्छ । आमाशयमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खानपानमा गडबडी नै हो ।

धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको आदि खानाले ग्यास्ट्रिक बनाउँछ । त्यस्तै अर्को भनेको अनिद्रा तथा मानसिक तनावले पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

ग्यास्ट्रिक भएको बेला पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पेट दुख्ने, पेट फुल्ने, वाकवाकी आउने आदि यसका लक्षण हुन् । यदि घाउ नै भयो भने त्यसलाई अल्सर मानिन्छ ।


ग्यास्ट्रिक भएका व्यक्तिले विशेषगरी खानपिनमा ध्यान दिनुपर्छ । रक्सी, चुरोट, चिल्लो मासु धेरै खानु हुँदैन । अत्यधिक मासुले नै ग्यास्ट्रिकको समस्या  विकराल बन्न सक्छ ।

त्यसैले विशेषगरी यस्ता व्यक्तिले दशैंको बेला मनपरी ढंगले खसीको मासु खाने, रातभर तास खेलेर अनिदो बस्ने, पानी नपिउने आदि गर्नबाट जोगिनुपर्छ ।

दशैंमा निश्चित मात्रामा मासु खाएपनि साथमा सागपात, सलाद, पानी पनि प्रसस्त पिउनु पर्दछ । यसरी ग्यास्ट्रिकको समस्याबाट जोगिन सकिन्छ ।

clock सोमबार ०६, कार्तिक २०८० ०६:५०

प्रतिक्रिया