संस्कृति बचाउन धनगढीमा हालियो पिङ

  आइतबार ०५, कार्तिक २०८० १६:०८

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ संगमटोलमा पिङ हालिएको छ । वडा कार्यालयको सहयोगमा संगम टोल विकास समितिले पिङ हालेको हो । 

पिङको एक कार्यक्रमका बिच धनगढी ३ का वडाध्यक्ष राज बहादुर ऐरले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उनले संस्कृति बचाउन वडा कार्यालय सधैँ अग्रसर रहने बताए ।

दसैको टिकाको दिन एक पटक भुईँ छाड्नु पर्छ भन्ने मान्यतालाई मध्यनजर गरी पिङको हालिएको हो । दसैको एउटा महत्त्वपूर्ण पाटोको रूपमा रहेको पिङको पछिल्लो समय भन्ने महत्त्व घट्दै गएको छ । 

विशेष गरी सहरी क्षेत्रमा यसको महत्त्व घट्दै गएको हो । पछिल्ला पीढीका मानिसहरू प्रविधिमा बढी रमाउने भएकाले यस्ता परम्परागत बस्तु पछाडि परिरहेका छन् । 

पछिल्ला पीढीहरूले पिङ खेल्ने अवसर नपाई रहेका बेला स्थानीयले दसैको अवसरमा वडा कार्यालयले उदाहरणीय काम गरेको बताएका छन् । आफ्नै घर आँगनमा पिङ हुँदा स्थानीय पनि हर्षित देखिन्छन् । 

clock आइतबार ०५, कार्तिक २०८० १६:०८

प्रतिक्रिया