सरकारको न्यूनतम् साझा कार्यक्रममा सहमति, साँझ ५ बजे सार्वजनिक हुने

  बिहिबार २३, चैत २०७९ १३:५७

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम् साझा कार्यक्रममा सहमति गरेको छ ।

बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले न्यूनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको र आजै सार्वजनिक गरिने जानकारी दिए ।

बेलुकी ५ बजेसम्म दल र नेताहरूले सुझाव दिनसक्ने र आजै न्यूनतम् साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । 

गत पुस २६ गते प्रचण्डले पहिलो पटक विश्वासको मत लिएको दिन सरकारका न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएर कांग्रेस सहभागी भएपछि पुनः साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । 

clock बिहिबार २३, चैत २०७९ १३:५७

प्रतिक्रिया