मुस्कान डेन्टल होमद्धारा गार्डनर प्याराडाईज स्कुलमा नि:शुल्क दन्त शिविर

  शनिबार २०, असोज २०८० ०६:३३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित गार्डनर प्याराडाईज स्कुलमा नि:शुल्क दन्त शिविर भएको छ ।

धनगढी वडा नम्बर-१ मा रहेको मुस्कान डेन्टल होमको आयोजनामा  विद्यालयमा शिविर गरिएको हो ।

एक दिने दन्त शिविरमा विद्यार्थी तथा कर्मचारी लगायत गरि ८५ जनाले सेवा लिएको आयोजकले जनाएको छ ।

शिविरमा परिक्षण गरिएका व्यक्तिहरुलाई नि:शुल्क औषधि वितरण गरिएको छ ।

मुस्कान डेन्टल होमले सो विद्यालयका अभिभावक, विद्यार्थी तथा कर्मचारीहरुलाई उपचार लिन आउदा २० प्रतिशत छुट सहितको सेवा दिने सम्झौता गरेको छ ।

clock शनिबार २०, असोज २०८० ०६:३३

प्रतिक्रिया