मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा

  मङ्गलबार २१, चैत २०७९ १६:१३

काठमाण्डौ । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिएको हो।

गए राति मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ।

clock मङ्गलबार २१, चैत २०७९ १६:१३

प्रतिक्रिया