घोडाघोडीको एक विद्यालयका शिक्षक शाहविरूद्ध भ्रष्टाचार मुद्दा दायर

  शनिबार १३, असोज २०८० ०६:५७

धनगढी । कैलालीमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै एक शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहतमा कार्यरत शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ।

उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारको ठहर छ।शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए।

उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

clock शनिबार १३, असोज २०८० ०६:५७

प्रतिक्रिया