तनहुँ –१ मा रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

  सोमबार २०, चैत २०७९ १५:४३

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गर्नुभएको छ । वाग्लेले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु भएको हो ।

गत फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएवपछि तनहुँ –१ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । वैशाख १० मा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका तर्फबाट गोबिन्द भट्टराईले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ भने बिपक्षी नेकपा एमालेका तर्फबाट भने सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

तनहुँ –१ सँगै बारा –२ र चितवन–२ मा पनि बैशाख १० मा उपनिर्वाचन हुँदैछ । बारा –२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहाय प्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भइपछि सो क्षेत्र खाली भएको हो ।

त्यसैगरी रबि लामिछानेको नागरिकता विवादमा सांसद पद गएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । लामिछाने फेरि सोही क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ ।

clock सोमबार २०, चैत २०७९ १५:४३

प्रतिक्रिया