बाजुराकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  मङ्गलबार ०९, असोज २०८० १५:२४
फाईल फोटो

बाजुरा । जिल्लाको हिमाली गाउँपालिका-१ की एक सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ। स्थानीय स्वास्थ्यचौकीमा शिशुलाई जन्म दिएकी २३ वर्षीया कल्पना रोकायाको सुत्केरीपछि रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो।

यहाँ उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए । 

मंगलबार बिहान बिच्छाया स्वास्थ्य चौकीमा सुत्केरी भएकी रोकायाको साल ननिस्केर अत्याधिक रगत बग्न थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको मल्लले बताए । 

राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निशुल्क हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । बाजुरालगायत दुर्गमका जटिल गर्भवति तथा सुत्केरी महिलालाई हेलिकोप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निशुल्क हवाई उद्धार हुँदै आएको छ।

clock मङ्गलबार ०९, असोज २०८० १५:२४

प्रतिक्रिया