धनगढीको स्वस्तिक अस्पतालले असोज महिनाभर महिला रोग विशेषज्ञ ओपिडी निःशुल्क दिने

  शुक्रबार ०५, असोज २०८० १८:३५

धनगढी । धनगढी स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (स्वस्तिक अस्पताल)ले असोज महिनाभर महिला रोग विशेषज्ञले प्रदान गर्ने परामर्श (ओपिडी) टिकेट लगायतका सेवाहरू निःशुल्क दिने भएको छ । अस्पतालले हिन्दुहरूको महान् चाँड दशैलाई मध्यनजर गर्दै उपहार स्वरूप महिला दिँदी बहिनीहरू लाई निःशुल्क तथा छुट सेवा प्रदान गर्न लागेको हो । 

अस्पतालका अध्यक्ष महेश जोशीका अनुसार असोज महिनाभर  स्वस्तिक अस्पतालले  महिला, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञले प्रदान गर्ने ओ।पी।डी, गर्भवती जाँच, निशन्तानपन सम्बन्धी परामर्श सेवा निःशुल्क (फ्री) दिने भएको छ । 

यस्तै, अस्पतालले स्त्री तथा महिला रोग अथवा निशन्तानपन सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई अप्रेसन गर्नु परेमा र ल्याब परीक्षणमा २० प्रतिशत छुट सेवा प्रदान गर्ने अध्यक्ष जोशीले जानकारी दिनुभयो । 

यस्तै, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सुझाव अनुरूप विवाहित महिलाले ३/३ वर्षमा गर्नु पर्ने पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गर्न आउने व्यक्तिहरूलाई पनि विशेष छुट सेवा प्रदान गर्ने  व्यवस्था गरिएको छ । 

उक्त छुट सेवा प्रदान गर्नको निम्ति अस्पतालमा महिला, स्त्री, प्रसूति, तथा निसन्तान पन रोग विशेषज्ञ डा. निता तिमिल्सिना रहनु भएको छ । 

यस्तै, दसै छुट अफर तथा अस्पतालले प्रदान गर्ने अन्य स्वास्थ्य सेवा बारे विस्तृतमा बुझ्नको लागि धनगढी ३, सहिद गेटको सामुन्ने रहेको स्वस्तिक अस्पतालमा स्वयम उपसिथत भई अथवा फोन नम्बर  ०९१-५२०२११ र  ०९१-५२०५१२, मोबाइल नम्बर ं९७७-९८५८४२२९३५ कल सँगै ह्वाटसप गरेर पनि जानकारी लिन सकिने गरी व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ । 

त्यस्तै, यही असोज ७ गते आइतबार देखी पल्मोनोलोजिष्ट डाक्टरद्वारा फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूले पनि प्रत्येक दिन चेक जँच गराउन सक्ने जनाइएको छ । 

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो (एसी) जडित संरचना, आवश्यकताको आधारमा आरामदायी क्याबिनबाट सेवाहरू प्रदान गर्दै आएको छ ।

भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ । 

clock शुक्रबार ०५, असोज २०८० १८:३५

प्रतिक्रिया