साफ यू–१९ च्याम्पियनशिपः नेपाल पाकिस्तानसँग १–० गोलले पराजित

  बिहिबार ०४, असोज २०८० २१:०८

काठमाण्डौ । १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिपमा आयोजक नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको समूह ुएु को खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो ।

पाकिस्तानका लागि अली जफरले खेलको ७६ औँ मिनेटमा गोल गरे । यो जितसँगै पाकिस्तानले ३ अङ्क जोडेको छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि आजै दिउँसो भएको समूह बी को खेलमा भारतले बङ्गलादेशलाई हरायो । दशरथ रङ्गशालामै भएको खेलमा भारतले १–० गोलले हरायो ।

यो प्रतियोगिताको समूह "ए" मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह "बी" मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

clock बिहिबार ०४, असोज २०८० २१:०८

प्रतिक्रिया