संविधान दिवसको अवसरमा नेविसंघद्धारा धनगढीमा दिप प्रज्वलन

  बुधबार ०३, असोज २०८० २०:१८

धनगढी । नेपाल विद्यार्थी संघ कैलालीले धनगढीमा दिप प्रज्वलन गर्दै संविधान दिवस भव्यताका साथ मनाएको छ । नेपालको संविधान जारी भएको दिनको अवसरमा धनगढीको शहिद गेटमा दीप प्रज्वलन कार्यक्रम गरेको हो ।

नेविसंघका कार्यवाहक अध्यक्ष मनिष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कैलाली उपाध्यक्ष खेम डंगौरा थारु प्रमुख अतिथि रहेका थिए । 

उनले संविधान ल्याउन विगतमा गरेको संघर्षको स्मरण गर्दै अब कार्यान्वयनमा लग्न जरुरी रहेको बताए । उनले संविधान सबै वर्गको पक्षमा रहेको हुँदा अव जनताको भावना अनुसार अघि बढ्न जरुरी रहेको बताए । 

दिप प्रज्वलनमा नेपाली काँग्रेका सचिव नृपबहादुर सुनार, कैलाली क्षेत्र नम्बर( ५ का सभापति भिम पडाल, धनगढी नगर सभापति यज्ञराज उपाध्याय, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडका, ३ का वडा अध्यक्ष राजबहादुर ऐर लगायत नेपाल विद्यार्थी संघका पदाधिकारी तथा कार्यसमितिको सहभागिता रहेको थियो ।

clock बुधबार ०३, असोज २०८० २०:१८

प्रतिक्रिया