अवैध संरचना हटाउन डिलाशैनी गाउँपालिकाको आग्रह

  आइतबार ३१, भदौ २०८० १६:४२

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले सार्वजनिक क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन आग्रह गरेको छ ।

गाउँपालिकाले ३५ दिने सूचना जारी गर्दै वडा नम्बर ५ स्थित हरिनगर बजार क्षेत्रमा बनेका अवैध संरचना हटाउन आग्रह गरेको हो । 

हरिनगरमा खेलमैदान र झोलुंगे पुल निर्माणको काम सुचारु हुने भएकाले अवैध संरचना हटाउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

हरिनगर बजार क्षेत्रमा सार्वजनिक जग्गा ओगटेर व्यक्तिगत संरचनाहरु निर्माण गरिएका छन् । त्यस्ता संरचनाहरु नहटाए कानुन अनुसार हटाइने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

clock आइतबार ३१, भदौ २०८० १६:४२

प्रतिक्रिया