रवि लामिछानेले चितवन २ मा गरे उम्मेदवारी दर्ता

  सोमबार २०, चैत २०७९ ११:५६     विश्वास खबर

काठमाडौं । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा लागि चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । लामिछानेले सोमबार चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यस अघि सोही क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सांसद पद गएपछि त्यहाँ २०८० बैशाख १० गते उपनिर्पाचन हुन लागेको हो । लामिछानेले सोमबार दिउँसो १ बजेका लागि उम्मेदवारी दर्ताको समय लिएको भएपनि तनहुँ–१ मा पार्टीका तर्फबाट उम्मेदवार दिने डा।स्पर्णीम वाग्लेको उम्मेदवारी दर्तामा सहभागी हुन जाने भएकाले लामिछानेले बिहानै उम्मेदवारी दर्ता गर्नु भएको रास्वपाका एक नेताले जानकारी दिए ।

चिववन २ मा कांग्रेसले दिउँसो २ बजे, एमालले दिउँसो ३ बजे र राप्रपाले ४ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएपछि तनहुँ–१ र उपराष्ट्रपतिमा रामसहाय यादव विजयी भएपछि बारा–२ मा पनि बैशाख १० मै उपनिर्वाचन हुँदैछ । ती दुबै क्षेत्रमा पनि निर्वाचन आयोगले आजै उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका तय गरेको छ ।

clock सोमबार २०, चैत २०७९ ११:५६     विश्वास खबर

प्रतिक्रिया