धनगढीको त्रिनगर नाकामा सशस्त्रको फितलो सुरक्षा

  बिहिबार २८, भदौ २०८० २१:०३

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्य नाका त्रिनगर भन्सारमा सशस्त्र प्रहरी वलको फितलो सुरक्षा गरिरहेको गुनासो बढ्दै गएको छ । भारतबाट हुने तस्करी रोक्नुको सट्टा उल्टै प्रोत्साहन गरिरहेको आरोप बढ्दै गएको हो ।

कैलालीको त्रिनगर भन्सारको सुरक्षामा कार्यरत बिओपीले भन्सार छलीका सामान पक्राउ गर्नुको सट्टा उल्टै तस्करलाई प्रोत्साहन गर्ने गरेको स्थानीयको आरोप छ । भारतबाट अवैध सामान ल्याउने नेपालमा कारोबार गर्नेहरूबाट महिना बारी पैसा लिएर सामान छोड्ने र सामान्य घर प्रयोजनका लागि सामान ल्याउनेहरू चेकजाँचका दुख दीने गरेको स्थायिनको आरोप छ ।

धनगढीको त्रिनगर नाकाबाट भित्रिएको २६ लाख ६६ हजार मूल्य बराबरको अवैध भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ । भन्सारको सुरक्षामा खटिएको दुइटा सशस्त्र प्रहरी चेक पोस्ट क्रस गरेपछि प्रहरी उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले दुई ठाउँबाट चेकजाँच गरेर छोडेको भारतबाट नेपाल तर्फ आइरहेको बसबाट उक्त सामान बरामद गरेको हो । पछिल्लो समयमा देखिएका घटनाबाट सशस्त्र प्रहरीको सुरक्षा सीमामा फितलो देखिएको हो । 

सशस्त्रको चेकजाँचपछि जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरीको टोलिने धनगढी वडा नम्बर ३ भन्सार नजिकबाट अवैध भन्सार छलीका सामान बरामद गरेको हो।

आज भदौ २८ गते बिहान ९ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ५ख ४७३२ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा मोबाइल पार्ट,नक्कली गरगहना,कर्क,ब्याट्री र ईन्भटर लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उक्त बसमा सवार कञ्चनपुर दोधराचाँदनी वडा नम्बर ९ का ४० वर्षीय राहुल सिलवालले बस भित्र भारतबाट लुकाई छुपाई भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा ती सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ। 

२६ लाख ६६ हजार मूल्य बराबरका बिना बिलका अवैध सामानसहित राहुललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ। उक्त अवैध सामान नियन्त्रणमा लिसेपछि बसलाई गन्तव्य तर्फ पठाई सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित शिर्सक
clock बिहिबार २८, भदौ २०८० २१:०३

प्रतिक्रिया