त्रिनगर नाकाबाट बरामद गरेको ग्रिनटी सशस्त्र पार्‍यो गायब

  आइतबार २४, भदौ २०८० १६:५५

धनगढी । कैलालीको त्रिनगर नाकाबाट बरामद गरिएको सुर्ती र ग्रिनटीको प्याकेट भन्सार कार्यालयलाई नबुझाइ सशस्त्र प्रहरीले गायब पारेको छ । २ साता अघि  त्रिनगर नाकाको पहिलो ब्यारेलबाट बरामद भएका सुर्ती र ग्रिनटी अहिले सम्म भन्सार कार्यालयलाइ बुझाएको छैन ।

छिमेकी मुलुक भारतको बनगाँवाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा डोकेबजार बस्ने सुबोध रानाबाट ३ प्याकेट ग्रिन टी र ४ प्याकेट सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

कैलाली भन्सार कार्यालयमा एक महिना देखी हालसम्म बिओपी त्रिनगरबाट ग्रिन टी नआएको भन्सार कार्यालयले जनाएको छ । तथ्याकंमा हेर्दा ग्रिन टी आएको देखिएन कैलाली भन्सार कार्यालयका एक जना कर्मचारीले भने “ अहिले सम्मको तथ्याकंमा देखिएको छैन ।” सामान समातेको यती लामो समय बिती सक्दा पनि सशस्त्रले बरामद गरेको सामान नबुझएर गायव पारेको हो ।

यस बारेमा बुझ्न सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म (बिओपी त्रिनगर) का प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक भरत बिसीलाई बुझ्न खोज्दा उनि सम्पर्कमा आएनन् ।

यो सामान्य एक घटना भएपनि पछिल्लो समय त्रिनगर नाका सहित २ नम्बर घाटबाट दिनहुँ तसकरी बढेको स्थानिय बताउँछन् । स्थानियका अनुसार दैनिक कम्तिमा ५० पटक मोटरसाइकलमा सामान आउने गरेको गरेको स्थानियको भनाइ छ ।

बिषेशगरी मोटर पाट्स, हार्डवेयर र कपडाका समान आइरहेका हुन्छन्, एक स्थानीयले भने “ठाउँ ठाउँमा सशस्त्र प्रहरीले बर्डर आउट पोस्ट स्थापना गरेपनि दैनिक खुलेयाम तस्करी भइरहेको छ ।”


 

clock आइतबार २४, भदौ २०८० १६:५५

प्रतिक्रिया