धनगढीको त्रिनगर नाकाबाट सशस्त्रले समातेको सुर्ती र ग्रिनटी गायब

  मङ्गलबार १२, भदौ २०८० २१:२९

धनगढी । कैलालीको त्रिनगर नाकाबाट बरामद गरिएको सुर्ती र ग्रिनटीको प्याकेट भन्सार कार्यालयलाई नबुझाइएको पाइएको छ। 

गत साता बुधबार बेलुका साढे ३ बजेको समयमा त्रिनगर नाकाको पहिलो ब्यारेलबाट बरामद भएका सामान भन्सार कार्यालयमा पाइएका छैनन्।

भारतकोे बनगाँउबाट नेपाल ल्याउँदै गरेको अवस्थामा डोकेबजार बस्ने सुवोध रानाबाट ३ प्याकेट ग्रिनटी र ४ प्याकेट सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको थियो।

रानाका अनुसार उनले आफ्नै लागि ३ प्याकेट ग्रिनटी ल्याएका थिए। र घरमा बुवाको लागि सुर्ती पनि ल्याएको उनले बताए। सशस्त्र प्रहरी जवान सम्झना तामाङले आफ्नो सामान बरामद गरेको बताइएको छ।

यता कैलाली भन्सार कार्यालयमा बुधबारदेखि हालसम्म बिओपी त्रिनगरबाट ग्रिनटी र सुर्तीजन्य पदार्थ नआएको बताइन्छ।

भन्सार कार्यालयको तथ्याकंमा हेर्दा ग्रिनटी र सुर्तीजन्य पदार्थ नआएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पबित्र खड्काले बताए।

यस विषयमा सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले भने बुझिरहेको बताए।

यो सामान्य एक घटना भएपनि पछिल्लो समय त्रिनगर नाकासहित २ नम्बर घाटबाट दिनहुँ तस्करी बढेको बताइन्छ।

ठाउँ ठाउँमा सशस्त्र प्रहरीले बर्डर आउट पोस्ट स्थापना भएपनी सेटिङमा तस्करी भैरहेको हो।

clock मङ्गलबार १२, भदौ २०८० २१:२९

प्रतिक्रिया