सशस्त्रको सुरक्षा घेराभित्रबाटै भैँसी तस्कर फरार

  बुधबार २७, भदौ २०८० १८:४९

धनगढी । धनगढी कैलालीको कैलाली भन्सार कार्यालयभित्रै बाट एकजना भैँसी तस्कर फरार भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीले भैँसी सहित बुझाएका एक ब्यक्ती भन्सार कार्यालयबाट फरार भएका हुन् ।

आज दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका ६ बैसागाबाट इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट चोरबाटो हुँदै नेपाल भित्र्यायाउँदै गरेका दुई भैँसी सहित एकजना ब्यापारी लाई पक्राउ गरेको थियो ।

भैँसी सहित ब्यापारी हर्क बहादूर खत्रीलाई पक्राउ गरी आजै दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय बेलौरीले कैलाली भन्सार कार्यालयमा बुझाएको थियो ।

भन्सार कार्यालय कैलालीले भैँसी र पक्राउ परेका खत्रीको निगरानी राख्न सशस्त्र प्रहरीलाई जिम्मा लगाएको थियो । सशस्त्र प्रहरीको शुरक्षा घेराभित्रै बाट खत्री फरार भएका छन् ।

कैलाली भन्सार कार्यालयका सुचना अधिकारी पवित्र खड्काले त्यसलाई भाँगेको भन्नेकी नभाँगेको भन्ने भन्दै प्रश्नलाई बङ्ग्याउन खोजे । हामी हिजोको एउटा मुद्धा हेरिरहेका थियौँ उनले भने “त्यसैबेला भैँसी सहित पक्राउ परेका ब्यक्ती भाँगेकी ।” यस बिषयमा सशस्त्र प्रहरीलाई सम्पर्क गर्दा सिमा शुरक्षा बल बर्डर आउट पोस्ट त्रिनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक भरत बिसी सम्पर्कमा आएनन् ।

केही दिनअघी त्रिनगर भन्सारको पहिलो ब्यारेरबाट बरामद गरेको ग्रिन टी र सुर्तीका प्याकेट बरामद गरेको सशस्त्र प्रहरीले भन्सार कार्यालयलाई नबुझाई गायब पारेको थियो ।

त्यसको तिन साता नबित्दै सशस्त्र प्रहरीकै शुरक्षा घेराबाट भैँसी तस्कर भाँगेपछि सशस्त्र प्रहरीकै नियतमाथी प्रश्न उठेको छ । स्थानियले सशस्त्र प्रहरीलेनै भैँसी राखेर तस्करलाई भँगाएको आरोप लगाएका छन् । 
 

clock बुधबार २७, भदौ २०८० १८:४९

प्रतिक्रिया