सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड कृष्णा सिराडीलाई

  बुधबार २७, भदौ २०८० २१:२३

धनगढी । सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड गायिका कृष्णा सिराडीले उचालेकी छन्। विशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८० मा सहभागी भएकी सिराडीले सर्वोत्कृष्ट एकल तीज अवार्ड जितेकी हुन्।

देशभरबाट सर्वोत्कृष्ट अवार्ड जित्न अनलाइन मनोनयन गर्नु पर्नेमा सिडारीले सर्वाधिक मत प्राप्त गरिन्। ुअवार्ड जित्न सफल बनाउनु हुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार। आगामी दिनमा पनि यहाँहरूको यस्तै ममताको अपेक्षा गरेकी छु,ु सिराडीले भनिन्।

अलिशा डिजिटलका प्रबन्ध किशोर भण्डारिले नाच्न नपाइने गीतको संगित संयोजन गरेका हुन्। हालसम्म कृष्णाले २ सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनका बास घुघुती, देउर्या, सालीको बैस, झल्का लाइगै साली र पर्स छ कानैनु जस्ता गीत चर्चित छन्।

डोटीको बडिकेदार(५ सिराडा घर भई हाल धनगढीलाई कर्मथलो बनाएकी कृष्णा कैलाली बहुमुखी क्याम्पसमा एमए दोस्रो सेमेस्टरमा अध्ययनरत छिन्। उनी यो सफलता प्राप्त गर्नुको श्रेय माता गुमादेबी सिराडी र पिता कमल सिराडीलाई दिन्छिन्। परिवारका सदस्यहरूको सहयोगकै कारण आज आफू यस स्थानमा पुग्न सफल भएको उनको भनाइ छ।

दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकाले पनि आफू यस क्षेत्रमा सक्रिय रहेको उनले बताइन्। बाल्यकालदेखि उनको संगीतप्रति लगाब थियो। रेडियोमा गीत बज्दा नसकिनसम्म उनलाई उठ्नै मन लाग्दैनथ्यो। त्यही लगावले नै संगीत यात्रा थालेको उनी बताउँछिन्। ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन्। 

आज अवार्ड जित्दा निरन्तर संगीतमा क्रियाशील हुन थप प्रेरणा मिलेको उनले बताइन्। यसका साथै उनले आर्थिक अवस्था कमजोर भएका बिरामी र विभिन्न सामाजिक कार्यमा सहयोग प्रदान गर्दै आएकी छन्।

clock बुधबार २७, भदौ २०८० २१:२३

प्रतिक्रिया