शाहरुखको फिल्म ‘जवान’मा दीपिकाको प्रवेश

  आइतबार १९, चैत २०७९ १६:२८

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’मा अभिनेत्री दीपिका पादुकोणको प्रवेश भएको खबर बाहिरिएको छ । शाहरुखको पछिल्लो फिल्म ‘पठान’ बक्स अफिसमा सफल भएसँगै उनको आगामी फिल्म ‘जवान’ दर्शकमाझ प्रतिक्षित बनेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको टिमले अब अप्रिल महिनामा १० दिनसम्म दुईवटा गीतको छायांकन गर्ने छ । शाहरुख र अभिनेत्री नयनताराले जवानको पहिलो गीत अप्रिलको पहिलो सातामा मुम्बईमा छायांकन गर्नेछन्, जसलाई अनिरुद्धले संगीत दिएका छन् ।

पहिलो गीतको छायांकन सकिएपछि शाहरुख अप्रिलको दोस्रो सातामै दोस्रो गीतको छायांकनका ​​लागि व्यस्त हुने छन् । दोस्रो साता छायांकन हुने दोस्रो गीतमा दीपिका भित्रिएकी हुन् ।

दीपिका र शाहरुखको जोडी रहेको फिल्म ‘पठान’ केही पहिले आएको थियो । जुन दर्शकले निकै रुचाएका थिए । दीपका गीतमा मात्रै रहने की फिल्ममा पनि हुने भन्ने आधिकारिक पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ ।

हाल फिल्मको भिएफएक्स र पोस्ट प्रोडक्सनमा काम भइरहेको छ । फिल्मको अन्तिम प्रिन्ट १० मेमा तयार हुने छ । २ जुन २०२३ मा फिल्मको रिलिज मिति तोकिएको छ ।

फिल्मलाई एटलीले निर्देशन गरेका हुन् । एटलीको यो डेब्यु हिन्दी फिल्म निर्देशन हो । फिल्ममा अभिनेता संजय दत्तको पनि केमियो भूमिका रहेको छ भने विजय सेतुपतिको नेगेटिभ भूमिका रहेको छ ।

clock आइतबार १९, चैत २०७९ १६:२८

प्रतिक्रिया