नवजीवन अस्पतालले मनायो तिज बिशेष कार्यक्रम

  मङ्गलबार २६, भदौ २०८० १७:४३

धनगढी। धनगढीको नवजीवन अस्पताल प्रालीले तिज बिशेष कार्यक्रम मनाएको छ। सोमबार नवजीवन अस्पताल प्रालीमा कार्यरत अस्पतालका कर्मचारी तथा डाक्टरहरुको अपस्थीतीमा तिज बिशेष कार्यक्रम मनाएको हो।

महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा अस्पतालले तिज बिशेष कार्यक्रम गरेको अस्पतालले जनाएको छ। अस्पतालमा कार्यरत कर्मचारी तथा अस्पतालका डाक्टरहरुले सभ्य र भब्य रुपमा तिज पर्वको शुभकामना आदान प्रदान गर्दै तिज गितमा नाचगान समेत गरेको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए।

उनले तिज पर्व नेपाली महिलादिदी बहीनीहरुको मौलिक पर्व रहेकाले अस्पतालका कर्मचारी बिच रमाइलो गर्ने तथा भावनात्मक सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम थप उर्जा थपीएको जानकारी दिए। सधै काममा ब्यस्त भैरहने कर्मचारीलाई पनी एक पटक रमाइलो गराउने उदेश्य रहेको उनले भने। 

तिज बिशेष कार्यक्रममा अस्पतालका कर्मचारी,मेडिकल डाइरेक्टर,सिइओ,अस्पतालका बिभिन्न बिभागका डाक्टर, स्टाफ नर्स लगायतको बिभिन्न अतिथीहरुकोउपस्थीती रहेको थियो।

clock मङ्गलबार २६, भदौ २०८० १७:४३

प्रतिक्रिया