मुस्कान डेन्टल  र नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको सहयोगमा निःशूल्क दन्त तथा आँखा शिविर

  शनिबार २३, भदौ २०८० २०:५५

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर-६  बनबेहडामा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। 

गौरिगंगा वडा नम्बर ६ को आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको आयोजनामा शनिवार निःशूल्क शिविर भएको हो।

निः शूल्क शिविरमा आँखा सम्बन्धि सेवा चार सय ८९ जना र दन्त सम्बन्धि सेवा एक सय ६० जनाले लिएका छन्। 

शिविरमा ३८ जनाको आखाको अप्रेसन गर्नुपर्ने समस्या देखिएको थियो । 

शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई निशूल्क औषधि वितरण गरिएको थियो।

clock शनिबार २३, भदौ २०८० २०:५५

प्रतिक्रिया