प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक घण्टा वार्ता

  मङ्गलबार १९, भदौ २०८० १७:१२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच दिउँसो पौने २ बजेदेखि एक घण्टासम्म वार्ता भएको हो।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुगेर एक घण्टापछि बाहिरिएका थिए। 

दुई नेताबीचको भेटका क्रममा भएको कुराकानीबारे केही खुलेको छैन। 

तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ। 

भेटघाटपछि अध्यक्ष ओली बालकोटतिर लागेका छन् भने प्रधानमन्त्री प्रचण्ड नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा भइरहेको एक कार्यक्रममा सहभागी भएका छन्।

clock मङ्गलबार १९, भदौ २०८० १७:१२

प्रतिक्रिया