राउटे समुदायसंग मन्त्री धामीको डडेल्धुरामा अन्तरक्रिया

  मङ्गलबार १९, भदौ २०८० १०:३३

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले डडेल्धुराको राउटे बस्तीमा अन्तरक्रिया तथा छलफल गरेका छन् ।

मंगलबार डडेल्धुरा प्रशुराम गाउँपालिका वडा नम्बर ४ रजेउडामा रहेका लोपोन्मुख समुदाय राउटेसंग छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

सो अवसरमा मन्त्री धामीले राउटे समुदायको परम्परागत सिप, तालिम र क्षमतामा आधारित उद्योगहरुको प्रोत्साहन गर्ने, समुदायलाई काठ र दाउराको उपलब्धतालाई जोड दिने बताए । 

मन्त्री धामी केही दिनदेखि प्रदेशको आन्तरिक भ्रमणमा रहेका छन् । 

clock मङ्गलबार १९, भदौ २०८० १०:३३

प्रतिक्रिया