बेलौरीमा विद्यालयका कार्यालय सहयोगीले चोरी गरेपछि......

  शनिबार १६, भदौ २०८० २०:१३

महेन्द्रनगर। कञ्चनपुरको एक बिद्यालयका कार्यालय सहयोगी लाई सार्वजनिक सम्पत्ति चोरीको आरोप लागेपछि निलम्बनको तयारी गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरस्थित त्रिभुवन माविका बिद्यालय सहयोगी देव सिंह ठगुन्नाले बिद्यालयको हेन्डपम्पमा  जडान गरिएको मोटर चोरी गरेको स्वीकारेपछि विद्यालयले निलम्बन को तयारी गरेको हो।

यही भदौ १२ गते जडान गरिएको मोटर कार्यालय सहयोगी ठगुन्नाले चोरी गरि बेचेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपकराज ओझाले बताए।

“१२ गते मोटर नयाँ किनेर ल्यायौ, १३ गते चोरी भयो,” अध्यक्ष ओझाले भने, “उनीमाथि शंका थियो, प्रहरीमा उजुरी दिएपछि आफुले नै चोरेर बेचेको स्वीकार गरे।”

उनले यस अघि पनि विद्यालयका ३ वटा मोटर समेत चोरी गरी बेचेको स्वीकार गरेका छन्। ती मोटरको रकम ठगुन्नाले बिद्यालयलाई दिने सहमति भएपछि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा परेको उजुरी बिद्यालयले फिर्ता लिएको प्रहरी निरीक्षक कृष्ण कुवरले बताए।

चोरी गरेको स्वीकार गरेपछि ठगुन्नालाई बिद्यालय व्यवस्थापन समितिले कानुन अनुसार निलम्बन गरिने व्यवस्थापन समिति अध्यक्ष ओझाले जानकारी दिए। 

“अहिले र पहिलेको चोरीमा संलग्न भएको स्वीकार गरिसके,” अध्यक्ष ओझाले भने, “केहि दिनमै बैठक बसि कानुन अनुसार कार्वाहीको  प्रक्रिया अगाडि बढाउछौ।”सीमारेखाबाट

clock शनिबार १६, भदौ २०८० २०:१३

प्रतिक्रिया