माओवादी केन्द्रको आजदेखि तीन महिने अभियान सुरु हुँदै

  शनिबार १६, भदौ २०८० ०९:१९

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ ।

देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादीस् विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।

प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको आज ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका -२ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।

clock शनिबार १६, भदौ २०८० ०९:१९

प्रतिक्रिया