प्रधानमन्त्री प्रचण्डले दिए गौरा पर्वको शुभकामना

  बिहिबार ०७, भदौ २०८० ०७:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक शुभकामना सन्देश जारी गर्दै पर्वको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ– हिमालय पर्वतीय शृङखला अन्तर्गत ऐतिहासिक रूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गौरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्ने छ भन्ने कामना गर्दछु।”

सन्देशमा गौराले सांस्कृतिक ओजलाई झनै बढाउने उल्लेख गर्दै यसबाट सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बन्ने बताइएको छ।

 

clock बिहिबार ०७, भदौ २०८० ०७:१४

प्रतिक्रिया