कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

  शनिबार १८, चैत २०७९ १०:०८     विश्वास खबर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो । अब ४ मन्त्री छान्न बाँकी छ । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।

यस्तै, कांग्रेसले तनहुँ–१ र चितवन–२ मा उम्मेद्वार टुंगो लगाएपनि बारा–२ मा टुंगो लगाउन बाँकी छ ।

clock शनिबार १८, चैत २०७९ १०:०८     विश्वास खबर

प्रतिक्रिया