कैलारी गाउँपालिकाका अध्यक्ष चौधरी लडेर घाइते, उपचारका लागि काठमाडौँ लगियो

  बुधबार ०६, भदौ २०८० १२:३९

धनगढी । कैलालीको कैलारी गाउँपालिकाबचौलो  अध्यक्ष राजसमज चौधरी लडेर घाइते भएका छन्।

उनी आफ्नै घरको आँगनमा चिप्लिएर घाइते भएका हुन्। मंगलवार दिउँसो पालिकाकै कामका लागि घरबाट निस्किने बेला हसुलिया आफ्नै घरको आँगनमा लडेका हुन्। उनको दायाँ हात भाँच्चिएको छ।

धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचार पछि अपरेसनका लागि मंगलवार साँझ नै काठमाडौँ लगिएको नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए। उनको कुममा चोट लागेका बताइएको छ।

clock बुधबार ०६, भदौ २०८० १२:३९

प्रतिक्रिया