सुदूरपश्चिममा माओवादीको कार्य विभाजन : भट्टलाई व्यवस्थापन र भाटलाई प्रचारको जिम्मा

  बुधबार ०६, भदौ २०८० ०९:४३

धनगढी । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ ।

माओवादीले सुरु गर्न लागेको तीन महिने अभियानको लागि जिम्मेवारी तोकिएको हो । 

जस अनुसार खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिइएको छ ।

व्यवस्थापनमा भट्ट सहित हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामी छन् भने प्रचार प्रसारमा भाट सहित दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ छन् ।

clock बुधबार ०६, भदौ २०८० ०९:४३

प्रतिक्रिया