मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र थ्री स्टार भिड्दै

  शनिबार १८, चैत २०७९ १०:०४     विश्वास खबर

धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दुई चिरपरिचित प्रतिद्वन्दी मनाङ र थ्री स्टार आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । शुक्रबार आयोजित प्रि(म्याच कन्फरेन्समा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरेका थिए ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छन् ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोली सहभागि थिए ।

 सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताए ।

clock शनिबार १८, चैत २०७९ १०:०४     विश्वास खबर

प्रतिक्रिया