प्रहरी पब्लिक ब्याडमिण्टन क्लबकाे अध्यक्षमा पुनः जाेशि निर्वाचित

  शनिबार ०७, भदौ २०८२ १४:०९

धनगढी । प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दाेस्राे कार्यकालका लागि चेतराज जाेशि निर्विरोध निर्वाचित भएका छन ।

 

प्रदेश प्रहरी कार्यालयको हाता भित्र रहेको ब्याडमिण्टन हलमा सम्पन्न दाेस्राे अधिबेशनबाट जाेशिकाे अध्यक्षतामा ११ सदसिय समिति निर्वाचित भएकाे हाे ।

 

क्लवकाे उपाध्यक्षमा मेम्वर सिंह, सिचवमा शैलेन्द्र श्रेष्ठ र काेषाध्यक्षमा राजेन्द्र वहादुर वम निर्वाचित भएका हुन्। क्लवकाे सदस्यमा राम बहादुर बाेहरा, राेशन सिंह, प्रेम बिष्ट, गणेश शाह, नरेन्द्र वहादुर चन्द, दान बहादुर बडैला, टेक वहादुर साउँद निर्वाचित भएका छन् ।

 

चेतराज जाेशिकाे अध्यक्षतामा सन्चालन भएकाे कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर वहादुर बिक रहेका थिए । कार्यक्रमकाे सन्चालन सचिव शैलेन्द्र श्रेष्ठले गरेकन थिएभने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंहले गरेका थिए ।

 

clock शनिबार ०७, भदौ २०८२ १४:०९

प्रतिक्रिया