क्यासिनोमा प्रशासनको अनुगन, नियमसंगत संचालनमा रहेको पाइयो : जोशी
धनगढी । कैलालीको धनगढीस्थित दुईओटा क्यासिनोमा जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार छ्ड्के अनुगमन गरेको छ । होटल साथीमा रहेको किङ्स लाउन्ज गेमिङ क्लब र होटेल डिभोटीमा रहेको सिएमजी क्लब क्यासिनोमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।
‘क्यासिनो नियम विपरित सञ्चालन र नेपालीलाई समेत प्रबेश' गराउने गरेको गुनासो आएपछि प्रशासनले होटेल ब्यबसायी संघ कैलाली संगै जिल्ला प्रहरी कार्यलय कैलालीको संयुक्त टोलीले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी शिवराज जोशीले बताए । उनले अनुगमनका क्रममा क्यासिनो नियमसंगत नै संचालनमा रहेको र कुनैपनि नेपाली क्यासिनोमा प्रबेश गरेको नपाइएको बताए ।
होटेल साथीमा रहेको क्यासिनो बिगत १३ बर्षदेखि संचालनमा रहेको बताउदै संचालकले राज्यले लिएको नीति र नियममा रहि क्यासिनो संचालनमा रहेको जानकारी दिएको छ । क्यासिनोले बार्षिक लाखौ रुपैया राजश्व तिर्दै आएको र सयौ स्थानीयलाई रोजगारी समेत दिदै आएको बताइएको छ ।
देशको बिसम परिस्तिथिमा समेत क्यासिनोले बिदेशीलाई मनोरन्जन दिनुका साथै अर्थतन्त्रमा समेत टेवा पुराईरहेको बताउदै संचालकले क्यासिनोले पर्यटन भित्र्याउन समेक निकै अहम भुमिका खेलिरहेको बताएको छ ।
यता, बिगत लामो समयदेखि धनगढी, अत्तरिया, टिकापुर लगायका क्षेत्रमा होटेल तथा निजि घरहरुमा दैनिक लाखौको जुवा हुने गरेको भएपनि प्रशासनको ध्यान भने जान सकेको छैन ।
प्रतिक्रिया