धनगढीमा आरजु प्रमुख अतिथि रहेकाे कांग्रेसकाे भेलामा लफडा

  मङ्गलबार ०५, भदौ २०८० ०९:३२

धनगढी । नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवा प्रमुख अतिथि रहेकाे एक कार्यक्रममा लफडा भएकाे छ ।

साेमबार धनगढीकाे साेराइँ बैंकेट पार्टी प्यालेसमा भएकाे नेपाली कांग्रेसकाे क्षेत्र नम्बर ५ काे क्षेत्रिय भेलामा नेविसंघकाे असन्तुष्ट पक्षले ताेडफाेड गर्नका साथै कार्यक्रम ब्यानर झिकिएको थियाे ।

कांग्रेसका एक नेताकाअनुसार आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघकाे केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा गरेकाे थियाे । लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने  दियाे लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएका थिए ।

विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेकाे थियाे । क्षेत्रिय भेलामा आफ्नो पदीय मर्यादा बिर्सिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भाैतिक मन्त्री प्रकाश देउवा,प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, धनगढीका पूर्व मेयर नृपबहादुर वड लगायत सहभागी थिए ।

clock मङ्गलबार ०५, भदौ २०८० ०९:३२

प्रतिक्रिया