सुदूरपश्चिममा संसदीय समिति थप्न नियमावली संशोधन मस्यौदा समिति गठन

  सोमबार ०४, भदौ २०८० २१:०८

धनगढी । सुदूरपश्चिम प्रदेशमा विषयगत समितिको संख्या थप हुने भएको छ । प्रदेश सभाको बैठकले आज नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ ।

प्रदेशसभा नियमावली १४८ मा सुदूरपश्चिम प्रदेशमा ४ समिति रहने व्यवस्था छ । प्रदेश सभा नियमावली संशोधन गरेर यहाँ ६ समिति बनाउने तयारी गरिएको हो ।

सभामुख भीम भण्डारीले विक्रम सिंह धामी, मानबहादुर धामी, सुरेन्द्र बहादुर पाल, खुसीराम डगौरा थारु,प्रकाश रावल, खेमा देवी विष्ट र तारा प्रसाद जोशी सदस्य रहने गरि नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको जानकारी गराएका हुन् ।

हाल प्रदेशमा अहिले सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला गरी ४ वटा समिति छन् । शीर्ष नेताहरूबिच बालुवाटारमा भएको सहमतिअनुसार अब २ वटा समिति थप हुने भएको छ ।

clock सोमबार ०४, भदौ २०८० २१:०८

प्रतिक्रिया