लामो समयपछि एउटै मञ्चमा उभिए ओली, रावल र भट्ट

  सोमबार ०४, भदौ २०८० २१:०४

धनगढी । लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एकै मञ्चमा देखिएका छन् ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा अयोजित देउडा सांस्कृतिक उत्सवमा पार्टी अध्यक्ष ओली पूर्व उपाध्यक्ष रावल र केन्द्रीय सचिव लेखराज भट्ट समेत सोमबार एउटै मञ्चमा देखिएका हुन् ।

रावल एमालेमा लामो समय देखी भुमिका बिहिन थिए भने केही दिन अघि मात्रै उनको अध्यक्ष ओली सँग भेट भएको थियो ।

भट्ट नेकपाको बिभाजन पछि एमालेमा नै सकृय थिए । एमालेको महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

भट्ट एमालेको कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा पनि छन । कार्यक्रममा कला क्षेत्रमा योगदान पुर्याए बापत पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, देउडा गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, अभिनेत्री मिथिला शर्मा, गायिका डिक्रा बादी लगायतलाई सम्मान समेत गरिएको थियो।

clock सोमबार ०४, भदौ २०८० २१:०४

प्रतिक्रिया