सुदूरपश्चिम सरकार जनताप्रति उदासिन छ : सांसद मल्ल

  सोमबार ०४, भदौ २०८० १५:४८

धनगढी । सुद्रूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य चक्र मल्लले यो सरकार जनता प्रति उदासिन भएको बताएका छन् । 

प्रदेश सभाको २२ औं बैठकको शून्य समयमा बोल्दै योत्रो बाढी जाँदा पनि यो सरकारले जन्ताहरु प्रति चासो नदेखाएको बताका छन् । 

उनले भने बाढीको बितण्डा भयो, पहाडी सात जिल्ला जोड्ने सड्क अवरुद्ध हुँदा केही नबोल्न, पहिरो पिडितहरु खुल्ला आकाशमा त्रिपाल मुनी बस्न बाध्य छन् यसमा सरकारले के गर्न सक्यो त खै प्राथमिकता दिएको ?

डोटीको पुर्वीचौकी गाउँपालिकाका भुकम्प पिडीतहरुले अझै राहात पाउन सकेको छैन यो सरकारले के गर्न खोजेको हो  ?

सुदूरपश्चिम सरकार पीडामा परेका जनतालाई राहत दिएर अविभावक भएको महसुस दीनुका सट्टा पीडीतका पीडाको रमीते बन्ने गरेको उनले आरोप लगाए । 

बाढी र पहीरो गएका ठाउमा हुलका हुल बाधेर गएको सरकारले अहिले सम्म राहतको नाम मात्रै पनी घोषणा गर्न नसक्नु लाजमर्दो कुरा भएको बताए ।

clock सोमबार ०४, भदौ २०८० १५:४८

प्रतिक्रिया