मुख्यमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री ज्वाला बीच भेटवार्ता, के के भयो छलफल ?

  शनिबार ०२, भदौ २०८० १३:१६

धनगढी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री प्रकाश ज्वालाबीच भेटघाट भएको छ। शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शाह र मन्त्री ज्वालाबीच भेटघाट भएको हो। 

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमका बाढी र पहिरो प्रभावितहरूलाई राहत प्रदान गर्न आग्रह गर्दै प्रभावितहरूको समस्या समाधानमा तिनै तहका सरकारबीच समन्वय हुनुपर्ने धारण ब्यक्त गरेका थिए।

तीनै तहका सरकारको समन्वयमा यातायात र सडक पूर्वाधारको दिगो विकासमा सहमति, सहकर्य र समन्वय गरेर महाकाली सुख्खाबन्दरगाह, सेतीलोक मार्ग, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा, महाकाली करिडोर, खुटिया दिपायल फास्ट ट्रयाक, कर्णाली करिडोर, सत्ति चिसापानी ताम्चा सडकखण्ड लगायतका सडकमा बजेट वृद्धि लगायतका विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।

भेटघाटमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र सामाजिक विकास मन्त्री झपट साउद तथा सघीय मन्त्रालयका सचिव पनि सहभागी थिए।

clock शनिबार ०२, भदौ २०८० १३:१६

प्रतिक्रिया